वर्षा राउतको विहे फागुनमा

रिपोर्ट नेपाल | 2019 Jan 14 | 12:02 pm 2493

काठमाडौं, पुस ३० : अभिनेत्री वर्षा राउतले विहे गर्ने भएकी छिन। वर्षाले प्रेमी सन्जोग कोइरालासँग आगामी फागुन २ गते बिहीवारमा विहे गर्ने भएकी हुन्।

उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विवाहबारे जानकारी दिएका छिन्।

वर्षा पछिल्लो पुस्ताकी चर्चित नायिका हुन्। उनी लामो समयदेखि मोडल सन्जोगसँग प्रेममा थिइन। सन्जोगकै कारण आफूले अहिलेको स्थानसम्मा पुगेको वर्षाले बताउँदै आएकी छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.