वन मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 18 | 11:16 pm 1858

बारा, भदौ १: वन मुद्धामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का ६५ वार्षीय गणेश ठाकुर रहेका छन् ।

उनलाई २०६२ असार २७ गते जिल्ला अदालतको फैसला आदेशले बिना ईजाजत वन पैदवार हानी नोक्सानी तथा ओसार पसार मुद्दामा १ वर्ष कैद लागि फरार रहेका थिए ।

अभियुक्तलाई २०७६ साउन ३२ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले ठेकिएको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.