-
महेश सिंह महतो
सिरहा, जेठ ३०: जिल्लाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडा अध्यक्षको कुटाईबाट दुई स्थानिय घाईते भएका छन् ।
कुटपीटबाट स्थानीय वडा नम्बर–१० का ६५ वर्षीय किसुनदेब यादब र उनका छोरा २१ वर्षीय संजय कुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए ।
कल्याणपुर नगरपालिका वडा नम्बर–१० को सडक नालाको विषयलाई लिएर विवाद हुँदा वडा नम्बर–११ का वडा अध्यक्षले उनीहरुलाई कुटपीट गरेका थिए ।
समान्य नालाको विषय लिएर कल्याणपुर नगरपालिका वाड नम्बर–१० मा छलफलका लागि बसेको वेला वडा नम्बर –११का वडा अध्यक्ष राजेश्वर यादब र उनका आफन्त मिलेर कुटेको पिडितहरुको भनाई छ ।
नालाको विषय लिएर भइरहेको कुराकानिमा विवाद आफूसित नभएको र आफूलाई विपक्षीहरुले बदनाम गराउन हल्ला फैलाएको साथै विस्तृत बुझ्नु छ भने वडामा आएर विस्तृत बुझ्न सकिने वडा अध्यक्ष राजेश्वर यादवले बताए ।
यता वडा नम्बर–१० अध्यक्ष धनवीर मंडल धानुक सँग यो विषयमा बुझ्दा आफुले विवाद भएको सुनेको तर विवादको विषयमा विस्तृत आफुलाई कुनै किसिमको जानकारी नभएको जनाए ।
घाईते ६५ वर्षीय किसुनदेव यादबलाई नाकमा चोट लागेको छन भने उनका छोरा २१ वर्षीय छोरा संजय यादबलाइ हातमा काटिएको छ । उनीहरुको उपचारको लागि मिर्चैया अस्पतामा लगिएको छ। घटनाबारे विस्तृत जानकारी अनुसन्धान पछि आउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।