लोकप्रियतावादीहरूबाटै संविधान र गणतन्त्रलाई खतरा छ : नेता भट्टराई

| 2023 Sep 24 | 05:31 pm 2917

काठमाडौँ ७ असोज । आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज भट्टराईले लोकप्रियतावादीहरूबाट वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्रलाई खतरा रहेको बताएका छन् । नेता भट्टराईले एउटा अमुक व्यक्तिले संसद्को रोष्टमबाट कांग्रेसको घोषणापत्र मैले लेखिदिएको हुँ भनेर अभिव्यक्ति दिँदा पार्टीका नेताहरू चुप लागेर बसेको प्रतिबाद गर्न नसकेको बताए ।

सार्बजनिक पदमै बसेका ब्यक्त्ति हरुलेनै टुँडिखेलमा लगेर नेताहरूलाई राउण्ड किक हान्छु भन्छ, अर्कोले सिंहदरबारमा आगो लगाउँछु भन्छ, अर्कोले धार्मिक अतिवादी कुरा गरेर समाज भड्काइरहेको छ, फेरि सञ्जालमा उनीहरूकै पछाडि भीड खडा छ, तर सरकार र प्रमुख दलहरु रमिते बनेर बस्नु बाहेक केहि गर्न नसकेको बताए।

नेता भट्टराईले अघि भने, ‘यो सबै कुराले देशमा हिंसा भड्काउने काम गरिरहेको छ । देशलाई द्वन्द्वमा लैजाने र संविधान च्यातेर यो व्यवस्था मास्ने उनीहरूको ध्येय छ । नेता भट्टराईले अब कांग्रेसले संवेदनशील भएर अहिलेको संकटको नेतृत्व गर्दै समाधानको बाटोमा अघि बढ्नुपर्ने बेला आएको बताए ।

‘मलाई त अहिलेको संसदीय भूमिका पनि चित्त बुझेको छैन । एउटा अमुक मान्छे संसद्मा जान्छ, र मैले बनाइदिएको हुँ कांग्रेसको घोषणापत्र भनेर भन्छ । तर हाम्रो साथीहरू कुनै जवाफ फर्काउनुहुन्नँ । मानौँ कि उसैले पार्टीको सिद्धान्त लेखिदियो, घोषणापत्रका अक्षर–अक्षर उसैले लेख्यो ।

भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संसद्मै कांग्रेसको घोषणापत्र आफूले लेखेको भनेर अभिव्यक्ति दिएको तर हाम्रा साथीहरु त्यसको बारेमा कोहिपनि नबोलेको भनेका थिए। घोषणापत्र लेख्ने समितिको संयोजक नै त्यहाँ अगाडि हुँदा यसरी भन्न कम्तिमा लाज लाग्नुपर्ने हो । त्यसमाथि संसद् त लाइभ हुन्छ, सबै कुरा मान्छेले हेरिरहेको हुन्छ भन्दै सान्दर्भिक भनाई राखेका थिए।

नेता भट्टराईले लोकप्रियताको नाममा आएका नयाँ दल र धार्मिक अतिवादीहरू सबैले देशलाई द्वन्द्वमा लैजाने र अहिलेको संविधान च्यातेर लोकतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको आरोप समेत लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.