रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गर्न प्रहरीद्वारा वारेन्ट जारी

रिपोर्ट नेपाल | 2019 Jan 11 | 02:53 pm 2204

एजेन्सी, पुस २७ :  स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनए नमुनाका लागि वारेन्ट जारी गरेको छ।

अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले लगाएको बलात्कार आरोपमा रोनाल्डोमाथि लस भेगास प्रहरीले अनुसन्धान गरिरहेको छ । लस भेगास प्रहरीको वारेन्ट इटालीको अदालती संरचनामार्फत पठाइएको हो ।

३३ वर्षीय रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका छन् । आरोपबारे सत्य तथ्य छानबिनका लागि डिएनएको नमुना आवश्यक परेको प्रहरीले जनाएको छ ।

रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलको कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर ३ लाख पचहत्तर डलर दिएको मायोर्गाले आरोप लगाएकी थिइन ।

३४ वर्षकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी हुन् । क्याथरिन त्यो बेला मोडल थिइन् । उनले आफुले त्यतिबेला रोनाल्डोले घटना घटेको केहि महिनापछि पुलिसमा उजुरी नगर्न भन्दै ठूलो परिणाममा पैसा दिएको र आफु पनि मन्जुर भएको तर समयसँगै त्यो घटनालाई बिर्सन नसकेको बताएकी थिइन् ।

लस भेगासमा रहेको पाल्म होटल र क्यासिनोको बाथरुममा सन् २००९ को जुन १३ को बिहान रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । आफूले यौन सम्बन्धका लागि धेरै पटक अस्वीकार गरे पनि रोनाल्डोले यौन सम्बन्ध कायम गरेको उनले बताएकी थिइन् ।

मायोर्गाले विश्व चर्चित भइसकेका फुटबल स्टार बिरुद्ध घटनाबारे केस गर्न हिम्मत नआएको बताएकी थिइन् र हाल उनले सबैसामु आफुलाई साथ दिनसमेत आग्रह गरेकी थिइन् ।

३३ वर्षका रोनाल्डोले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् । आफ्नो नाम प्रयोग गरेर प्रमोट हुन चाहेर यस्तो आरोप आफूमाथि लगाइएको रोनाल्डोको भनाई छ ।

रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन समेत गरेका थिए ।

क्याथरिन र रोनाल्डोबिच पाल्ममा रहेको रेन नाइट क्लबमा भेट भएको थियो । रोनाल्डो बिदा मनाउनका लागि जाँदा त्यहाँ बसेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.