काठमाडौं, पुस १२ : संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला ओसार पसार गरेको अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर–६ का सन्तोष कुमार तामाङ्ग रहेको छ ।
उनलाई रेडपाण्डाको छाला ओसार पसार तथा बिक्रि वितरण गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ फागुन ३ गते तामाङ्गलाई ५ वर्ष कैदको फैसला गरेको थियो ।
फैसला पश्चात् फरार रहेका तामाङ्गलाई ब्यूरोबाट खटीएको टोलीले २०७५ पुस ११ गते बेलुका गुर्जुभञ्ज्याङ्ग, नुवाकोटबाट पक्राउ गरिएको ब्यूरोले बताए ।
उनलाई २०७४ भदौ १९ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० मनमैजु स्थित बा ३४ प ६६८१ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा रेडपाण्डाको छाला बरामद गरेको थियो ।
रेडपाण्डाको छाला सहित पक्राउ परेका अभियुक्त अदालतबाट माग भएको धरौटी वापत जेथा जमानी राखि तारेखमा रहेका उनी अदालतको फैसला पछी फरार रहेका रहेका थिए ।
तामाङ्गलाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि आजै केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको बुझिएको छ ।