काठमाडौं मंसिर २७ / राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पुस २७ गते यूवा कविता प्रतियोगिता कार्यक्रम गर्ने भएको छ। ३०२ औ पृथ्वी जयन्तीका अवसरमा आयाेजना हुने उक्त प्रतियोगितामा सहभागी हुनका लागि ४० वर्ष ननाघेकाे हुनुपर्ने राप्रपाले जनाएको छ।कविता पृथ्वीनारायण शाह, राष्ट्रिय एकता दिवस र देशभक्तिसँग सम्वन्धित हुनुपर्ने जनाइएको छ। पुस १५ भित्र कविता पठाउनुपर्ने र २७ गते मुल्यांकन समिति घाेषणा गरेर श्रेणी ताेकिने पनि राप्रपाले जनाएको छ। प्रथम हुने कविलाई १ लाख पुरस्कार दिइने पनि जनाइएको छ। यसैगरी द्धितिय हुनेलाई ५० हजार तृतीय हुनेलाई २५ हजार र अन्य तिनजनालाई १० हजारका दरले पुरस्कृत गरिने भएको छ।