मोटरसाइकल दुर्घटनाका घाइतेलाई बचाउन खोज्दा करेन्ट लागेर दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jan 19 | 06:25 pm 1744

जनकपुरधाम, माघ ५ : धनुषाको जनकपुर उपमहानगरपालिका कुवा-१२ मा करेन्ट लागेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। घटना हेरेर एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा सिरहाको विष्णपुरा गाउँपालिका-४ का करिब ३२ वर्षीय जगरनाथ साह र धनुषाको मिथिला विहारी नगरपालिकाका-३ का २८ वर्षीय प्रमेश्वर मण्डल रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए।

घटना हेरेर जनकपुर उपमहानगरपालिका-४ का ४१ वर्षीय सूर्यनारायण शर्मा बेहाेस् भएका हुन्। शर्मा बेहोस् भएको घटनास्थलमा पुगेका सञ्चारकर्मी सन्तोष साहले जानकारी दिए । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खेततिर जाने धुलाम्य सडकमा चिप्लिएर मोटरसाइकलमा सवार परमेश्वर नजिकैको बिजुलीको पोलमा उछिटिएर पुगेका थिए। घाइते भएका उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेको थियो।

घाइते भएका उनलाई बचाउन गएका अर्को मोटरसाइलका चालक प्रमेश्वरलाई पनि करेन्ट लागेको हो। उनी त्यही बेहोस भएका थिए। उनीहरु दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो।

थानीयले दिएको जानकारी अनुसार उनीहरु दुवैजना जग्गा खरिदका लागि सूर्यनारायणसँगै त्यहाँ पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.