म्याग्दी, असार २३ : हिजो शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरहरुको शव लिन गएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण जान सकेको छैन ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार नेपाली सेनाका हेलिकोप्टर पाइलटले अनेक कोशिस गर्दा पनि मौसमले साथ नदिएपछि हेलिकोप्टर अहिले म्याग्दीको अर्दुङ्गे व्यारेकमा अवतरण गरिएको छ ।
शुक्रबार विहान खाना खाएर काममा फर्कने क्रममा टिपर स्याङबोचेमा दुर्घटना हुदाँ २० जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकोप्टरद्वारा पोखरा ल्याइएको थियो ।