महानगरपालिकाले निर्धारण करको नयाँ दरको विरोध

रिपोर्ट नेपाल | 2018 Jul 28 | 04:28 pm 1989

पर्सा, साउन १२: वीरगञ्‍ज महानगरपालिको कर वृद्धिको विरोधमा दुई दर्जनभन्दा बढी संघसंस्था सड्कमा उत्रिने निर्णय गरेका छन्।

आर्थिक वर्ष २०७५-७६ का लागि महानगरपालिकाले निर्धारण गरेको करको नयाँ दर जनताको विरोधमा रहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा विभिन्न संघसंस्था आन्दोलनमा उत्रीने निर्णय गरेका हुन ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा आज बसेको विभिन्न संघसंस्थाका पदाधिकारीको बैठकले महानगरपालिकाले दश गुनासम्म गरेको करको दर वृद्धिको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।

कर वृद्धिको विरोधमा भोलिदेखि चरणवद्ध आन्दोलन गर्ने उल्लेख गर्दै भने, “नयाँ करको दर जनताको पक्षमा नरहेको र विगतमा नेपाल सरकारले खारेज गरिसकेको चुङ्गीकरलाई ब्यूँताइ महगाइँ बढाउने काम मात्र गरेकाले बाध्यभएर आन्दोलन गर्नुपरेको छ ।

अध्यक्ष शर्माले वृद्धि गरिएको कर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.