भेरी नदीले बगायो तीन होटेल र एक पसल, परिवारकाे बिचल्ली

रिपोर्ट नेपाल | 2018 Aug 14 | 06:57 pm 3637

रुकुम, साउन २९ : भेरी नदीले तीन वाटा होटेल र एउटा पसल बगाएको छ । नदीको बहाव परिवर्तन गर्दा नलगाड नगरपालिका–१२, जाजरकोटको तल्लुगबगरस्थित झोलुङ्गे पुल नजिकैबाट पहिरो खसी नदीको बहाव रुकुमतर्फ मोडिदा होटेल र पसल बगेकाे हाे।

भेरी नदीको बहाव परिवर्तन भएपछि आठबीसकोट नगरपालिका ४ स्थित छोटे बगरका ३ वटा होटेलसहितका कटेज र एउटा मोटर पार्ट तथा तेलको (डिजेल तथा पेट्रोल) पसल बगेको प्रहरीले जनाएको छ । प्रहरी चौकी गोतामकोटका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमप्रकाश शर्माले वीरबहादुर ध्यारले सञ्चालन गरेको मोटर पार्टस र तेलको पसल, शक्ति चदारा, पुष्तलाल घर्ती मगर र जयकुमारी सार्कीका होटेलसहितका एकरएक वटा कटेज भेरीले बगाइदिएको जानकारी दिए ।

भेरी नदीले जाजरकोट–सडकअन्तर्गत छोटेबगर–त्रिवेणी खण्डको छोटेबगरनिरको ७५ मिटर बढी सडक पनि बगाएको छ । उक्त सडक खसेपछि सवारी साधन चलाउन नसकिने असई शर्माले बताए ।

होटल तथा पसल बगाएपछि ४ घर परिवार बिचल्लीमा परेका छन् । भएभरको सामग्री बगाइदिएपछि व्यापारीहरु बिचल्लीमा परेको स्थानीय पृथीबहादुर विष्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.