लमजुङ,साउन १७: पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ ।
बेँसीशहर–६, बेलौती बिसौनीमा ठूलो पहिरोल गर्दा यातायात सेवा अवरुद्ध बनेको हो । पहिरो ठूलो भएको र सडकसमेत भाँस्सिएको कारण सानो मेशिन (एक्साभेटर) ले पहिरो हटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए।
“सडक डिभिजन कार्यालयसँग समन्वय गरेका छौँ, जतिसक्दो छिटो पहिरो हटाएर यातायात पुनः सञ्चालन गर्छौं ।” भनि सप्रजिअ थापाले बताएका छन् ।
“तत्कालका लागि यातायात सञ्चालन गर्न नसकिए पनि पैदलयात्रा गर्नसक्ने बनाएका छौँ” प्रहरी नायब उपरीक्षक यादव ढकालले भने । पहिरोमा ढुंगा झरिरहेकाले यात्रुलाई पहिरो कट्न प्रहरीले सहयोग गरिरहेको छ ।
यातायात अवरुद्ध भएपछि जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका हुँदै मनाङ पुग्ने सर्वसाधारण, सदरमुकाम आउने सेवाग्राही । अन्नपूर्ण पदमार्गमा आएका पर्यटक समस्यामा परेका छन् । बर्षा लागेसँगै लमजुङ–मनाङ सडक पटकपटक अवरुद्ध हुुँदै आएको छ ।