रौतहट, पुस १८: बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गएराति प्रहरीले एक वृद्वलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका–५ हरिहरपुरका ६० वर्षीय महेन्द्र साह रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार साहले ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको बुझिएको छ ।
बालिकामाथि यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ हरिनगराबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।