बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 02 | 09:47 pm 1951

बारा, जेठ १९: बहुविवाह मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० की २७ वर्षीया उषादेवी रायभर रहेकी छन् ।

जिल्ला अदालत बाराले २०६९ जेठ ४ गते गरेको फैसला अनुसार उनलाई बहुविवाह मुद्दामा १ वर्ष कैद र पाँच हजार जरिवानाको ठहर गरे पश्चात उनी फरार रहेका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आज बिहान लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरी जिल्ला अदालत बारामा उपस्थित गरिएकोमा उनलाई आजै तोकिएको कैद मुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.