विराटनगर, मंसिर १७ । राजस्व विभागको अन्तःशुल्क मोरङको धनपालथान– ४ कर्सियाबाट प्रहरीले केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई पक्राउ गरेको छ।
राजवंशीले सुर्तीजन्य पदार्थको प्याकेटमा प्रयोग हुने स्टिकर दुरुपयोग गरेको सूचनाका आधारमा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो। राजवंशीले कर्सिया बजारदेखि पूर्वी सहरसम्मका सुर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेको प्रहरीले जनाएको छ।
राजवंशीको पसलबाट रेडीमेड टोबाक्को लेखिएको ३ हजार १ सय ४० थान स्टिकर बरामद भएको पनि प्रहरीले जनाएको छ। राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको कुरा मोरङका डीएसपी रञ्जन दाहालले बताएका छन ।