बारा, फागुन ८ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक सय ५१ किलोको मालाले स्वागत गरेका छन् । आज बुधबार बिहान सिमरा पुगेका देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएर स्वागत गरेका छन् ।
सिमरा विमानस्थलबाट कार्यकर्ताको ठूलो भीडसहित पार्टी कार्यालयसम्म पुर्याईएका देउवालाई त्यहाँ आयोजित एक कार्यक्रममा उक्त मालाले स्वागत गरेका थिए । सभापति देउवाले पत्रकारहरुले सोधेका कुरासँग भने कुनै प्रकारको प्रतिकृया दिएनन् । उनले हात हल्लाएर नबोल्ने संकेत दिएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले भने ‘तपाईहरु त बुझने मान्छे, बुझिदिनुस्, उहाँले अहिले बोल्नुहुन्न, पर्सि फकिँदा बोल्नुहुन्छ’। सभापति देउवा कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा संचालन गरेको होटल दियालोको उद्घाटन गर्न गएका हुन्।
देउवालाई स्वागत गर्न सिमरा विमानस्थलमा पूर्वमन्त्री फरमुल्ला मन्सुर, पूर्वसभासद राधेचन्द्र यादव, अजय चौरसिया, रमेश रिजाल, अजय द्धिवेदी, मधु शाहीसहित बारा र पर्साका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।