नवलपरासी । नवलपुरमा बलात्कार गरेको आरोपमा दुईजना पक्राए परेका छन् । मध्यविन्दु नगरपालिका–५ बागखोरबाट गएराति बलात्कारको आरोपमा दुईजना पक्राउ परेका हुन् ।
गएराति १० बजेको समयमा स्थानीय ३५ वर्षकी एक महीलालाई बलात्कार गरेको आरोपमा मध्यविन्दु–५ बागखोर बस्ने वर्ष ३२ का भीमबहादुर बोहोरा र सोही ठाँउ बस्ने वर्ष ३१ का पे्रम केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना घटेलगत्तै पीडित महिला र छिमेकीले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी पुगी उनिहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका नायव प्रहरी उपरिक्षक लिलाराज लामिछानेले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखिएको छ । घटनाको बारेमा विस्तृत अध्ययन गर्न बाकी रहेको डिएस्पी लामिछानेको भनाई छ ।