तरकारीमा हुने बिचौलियाको तह घटाउन कार्यदल गठन

रिपोर्ट नेपाल | 2018 Aug 21 | 06:57 pm 1899

काठमाडौँ, भदौ ५ : आपूर्ति मन्त्रालयले तरकारीमा हुने बिचौलियाको तह घटाउन कार्यदल गठन गरेको छ । मंगलबार आपूर्तिमन्त्री मातृका यादव, काठमाडौ प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरे, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचन, कृषि मन्त्रालयका अधिकारीलगायतको छलफलमा कार्यदल गठन गर्ने निर्णय भएको हो ।

आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित कायदलले ५ दिनभित्र प्रतिवेदन पेस गर्ने जनाएको छ । ‘बजारलाई कुनै पनि हालतमा छाडा छाड्नु हुँदैन भन्ने निष्कर्षमा पुगेका छौं,’ मन्त्री यादवले भने, ‘कमिटीले ५ दिनभित्र प्रतिवेदन पेस गर्छ । त्यसपश्चात् कडा कदम चाल्छौं ।’ बजारमा गडबढ गर्नेलाई कानुनी दायरामा ल्याइने उनले बताए ।

कमिटीमा काठमाडौं प्रमुख जिल्ला अधिकारी, प्रहरी, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचन र कृषि मन्त्रालयका अधिकारीहरु सदस्य रहने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.