डोल्पामा सञ्‍चारसेवा अवरुद्ध

रिपोर्ट नेपाल | 2018 Jul 05 | 08:02 am 3596

डोल्पा, असार २१: हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि सिडिएमए टेलिफोन सेवा अवरुद्ध भएको छ । दुर्गमको भरपर्दो मोबाइल सेवा नै अवरुद्ध भएपछि स्थानीय समस्यामा छन्।

अवरुद्ध सेवा शीघ्र सुचारु गर्न डोल्पालीले आग्रह गरेका छन्। ‘दुई दिनदेखि सिडिएमएको टावर छैन, कुना कन्दरा, जंगल सबै ठाउँमा लाग्ने सिडिएमए टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठूलो समस्या भएको छ,’ त्रिपुरासुन्दरी नगरपालिकाका-१ का स्थानीय पूर्णकेशर न्यौपानेले भने, ‘भएको नमस्ते मोबाइल सेवाले राम्रोसँग काम गरको छैन, विभिन्न काम विशेषले जिल्लाबाहिर गएका आफन्तलाई सम्पर्क गर्न नपाउँदा ठुलो समस्या भएको छ।’ सिडिएमए टावर नहुँदा थ्रिजी इन्टरनेट सेवासमेत बन्द भएको छ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने माइथाप्लामा रहेको रिपिटर टावरमा भोल्टेज न्यून भएकाले यस्तो समस्या देखिएको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए। बिहीबारसम्ममा टावर सुचारु हुने जानकारी प्राप्त भएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.