रौतहट, भदौ १३ : डुंगा दुर्घटना हुँदा बेपत्त भएका पाँचै जनाको शव भारतमा फेला परेको छ । गत शनिबार टिकुलियाघाटस्थित लालबकैया नदीमा निमार्ण हुँदै गरेको पुलको पिलरमा ठोकिएर डुंगा दुर्घटना हुदा वेपत्ता भएकाहरुको शव भारतको विभिन्न स्थानमा फेला परेको हो ।
बुधबार ४५ वर्षीया इन्दुदेवी कुर्मीको शव भारतको शिवहर जिल्लास्थित बेलाघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यसअघि भारतकै विभिन्न स्थानमा गौर-४ टिकुलियाकी ६५ वर्षीया शान्तिदेवी साह र इशनाथ नपा औरयाटोलकी ३५ वर्षीया रुनादेवी पटेल र गौर-४ की १० वर्षीया बालिका उषमा पटेल र १९ वर्षीय ओमप्रकाश चन्द्रबंशीको शव भारतको शिवहर जिल्लास्थित जमुवाघाट नजिकै फेला परेको थियो।डुंगा दुर्घटनामा २४ जना पौडिएर बाँच्न सफल भएका थिए।