डडेल्धुरामा बस दुर्घटना : दुर्इ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 17 | 02:24 pm 1614

डडेल्धुरा, मंसिर १ : डडेलधुराको भागेश्वरमा जीप दुर्घट्नामा दुर्इ जनाको मृत्यु भएको छ। १९ जना सवार म१ज १८० नम्बर जिप दुर्घटनामा अन्य सबै घाइते भएको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले जानकारी दिएकी छन्।

मृत्यु हुनेमा भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र भागेश्वर २ का २७ वर्षीय धर्मसिंह मडै रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिप भागेश्‍वर-३ बाट सदरमुकाम आइरहेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन । घाइतेको नाम खुल्न सकेको छैन।

घट्नास्थल सदरमुकामबाट १० किमी दुरीमा छ। प्रहरी निरीक्षक खगेन्द्र साउँदले घाइतेलार्इ अस्पतालतर्फ लैजादै गरेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.