महोत्तरी, कात्तिक ११: लक्ष्मी पूजा अर्थात दिपावलीको तयारी गरिरहँदा करेन्ट लागेर महोत्तरीमा एकको मृत्यु भएको छ ।
जिल्लाको रामगोपालपुर नगरपालिका–८ टिकुलियामा जय महाराज देवी ज्वेलर्समा झिलिमिलि बत्ती जडानका क्रममा करेन्ट लागेर एकको मृत्यु भएको हो । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ का १५ वर्षीय धिरेन्द्र साह रहेको प्रहरीले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए । मृतक साह सुनचाँदी पसलमा बुवासँगै गर्दै आएको बुझिएको छ ।