काठमाडौं, कार्तिक १२ : लोक तथा दोहोरी क्षेत्रका अब्बल गायक जय बिकको टिपिकल लोक झ्याउरे गीत सार्वजनिक भएको छ। लोकगीतमा छमछमी नाच्न रुचाउनेहरुका लागि उत्कृष्ट सृजनाकारुपमा सो गीत हालै गंगामाला फिल्मसको युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।
जय बिककै शब्द र लयमा सजिएको गीतमा स्वरमा भने जय बिकलाई पूर्णकला विसीले साथ दिएकी छन् । टिपिकल शब्दहरु उनेर बनाइएको सुन्दर गीतमा गाउँघर बनपाखा झल्काउने दृष्यसहितको भिडियो निर्माण गरिएको छ । जसमा करिश्मा ढकाल, रितु तामाङ, अनुप विष्ट र लक्ष्य परियारको अभिनय रहेको छ ।
अशोक विकको निर्देशनमा तयार भएको गीतको बासु न्यौपानेले छायांकन गरेका हुन् । युटुबमार्फत् सार्वजनिक भएको सो गीतले निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।
विशेषगरी पश्चिम नेपालमा प्रचलित भाका र शब्दहरु गीतका मुख्य आकर्षण रहेका छन् भने जय विक र पूर्णकल विसीको खारीएको स्वरले गीतलाई सुनमा सुगन्ध थपेको प्रतिक्रियाहरु दर्शक तथा स्रोताहरुबाट प्राप्त भएका छन् ।
विकका यसअघि पनि थुप्रै लोक तथा दोहोरी गीतहरु बजारमा आइसकेका छन् भने बिसी समकालीन चर्चित लोक गायिका हुन् ।
भिडियो