छिटो आयो कडा आयो ज्योती मगरको तिज गित (भिडियाेसहित)

रिपोर्ट नेपाल | 2019 Jul 02 | 04:56 pm 3397

काठमाडौं, असार १७ : नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा लोक गायिका ज्योति मगर र गायक तिलक केसीको स्वरमा रहेको तिज गीत सार्वजनिक भएको छ । तिज आउन दुई महिना बाँकी हुँदा नै ‘केटा जिस्काउने बानी हो पोइल जाने हो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।

गायक केसीकै शब्द सङ्गीतमा रहेको उक्त गीतमा छोटो कपडाकै चर्चा गरिएको छ । ज्योतिले लगाउने छोटा लुगालाई लिएर सामाजिक सञ्जालमा बेला-बेलामा निकै चर्चा हुने गर्छ।

गायिका ज्योति मगर, ध्रुवे, ध्रुवेनी र मशेह ओलीको फिचरिङमा रहेकाे म्युजिक भिडियोलाई ध्रुवे कमेडीले निर्देशन गरेका हुन् । उक्त भिडियो अरुण कुमार सुनारले खिचेका हुन् भने प्रेम कुमार थारुले सम्पादन गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.