‘चुरे जोगाऔँ मधेस बचाऔँ’ नारासाथ प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहि)

| 2018 Jun 07 | 05:18 pm 3634

जनकपुर जेठ २४:प्रदेश नम्बर २ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा चुरे जोगाऔँ मधेस बचाऔँ नारालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले मिथिला तथा मिथिला भोजपुरालगायत मधेसका सांस्कृतिक पहिचान बोकेका धरोहरहरुको संरक्षणका लागि प्रदेश सांस्कृतिक संरक्षण केन्द्रको स्थापना गर्ने नीति अघि सारेको छ।

नीति तथा कार्यक्रममा सरकारले प्रदेश सहकारी विकास बोर्ड, उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफूल विकास बोर्ड गठन गर्ने, प्रदेशको विद्यमान आर्थिक, सामाजिक पूर्वाधार विकास, मानव विकासको अवस्थालगायत सम्पूर्ण क्षेत्रको तथ्यपरक चित्र झल्काउने आधार तथ्यांकहरुको संकलन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने, भूमि बैंकको स्थापना, बन्द भएका सरकारी उद्योगहरुको सञ्चालनलगायत योजना उल्लेख छ।

नीति तथा कार्यक्रमकाे पूर्णपाठ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.