चितुवाको छाला सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 15 | 06:30 pm 3530

काठमाडौं, असोज २९ : संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान सहित बैतडी सिगास गाउँपालिका २ बस्ने २२ वर्षीय मोहन सिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ४ बस्ने २६ वर्षीय अनमोल तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट अवैध रुपमा खरिद बिक्री गर्न ओसारपसार गरी ल्याएको उक्त चितुवाको छाला सहित उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
पक्राउ अभियुक्तहरुलाई प्रहरीले थप आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय काठमाडौं बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.