बर्दीया, कात्तिक ३ : राष्ट्रिय अनुसन्धानका कर्मचारी दीपेन्द्र पनेरु सेवा ग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् । पनेरुले अवैध भारतीय औषधी विक्री वितरणमा सहयोग गर्ने भन्दै २० हजार घुस लिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले पक्राउ गरेको प्रहरीले जानकरी दिए ।