घुस लिएको अभियोगमा प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

रिपोर्ट नेपाल | 2018 Oct 29 | 06:10 pm 3543

काठमाडौँ, कार्तिक १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल–भारत सीमा बजारबाट भन्सार छली ल्याइएका सामान लैजान सहज बनाइदिने बहानामा सेवाग्राहीसँग रु ३० हजार घुस लिएको अभियोग होदामाथि  लागेको छ । बिगोबमोजिम जरीवाना असुल र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.