गुठी संस्थनका कर्मचारी घुस लिएको आरोपमा पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 19 | 06:49 pm 1861

बर्दिवास, साउन ३ : महोत्तरी जिल्लाको जलेश्वरस्थित गुठी संस्थानका कर्मचारीले सेवाग्राहीबाट ३५ हजार घुस लिएको आरोपमा बिहिबार रंगेहात पक्राउ परेका छन् ।

गुठी संस्थानका कर्मचारी जयकुमार राउत शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रकमसहित नियन्त्रणमा लिएको हो । अभियुक्त शर्माले सेवाग्राहीसँग गुठीअन्तर्गतको जग्गाको धितो फुकुवा गराइदिने भन्दै घुस मागेको आयोगले आरोप लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.