काठमाडाैं, असोज २५ । बालिका बलात्कारको आरोप लागेका सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ ।
जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटका सबै मुद्दा स्थगित भएको बताए । उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइनपुगेको कारण गोलाद्वारा सुनुवाई गर्ने मुद्दा छनाैट गरेको हो । गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’