कोशी व्यारेजमा फ्याँकिएकी रमिलाको शव २६ दिनपछि भेटियो

रिपोर्ट नेपाल | 2019 Mar 27 | 06:05 pm 9884

विराटनगर, १३ चैत :   मोरङको बेलबारी-४ की २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटिएको छ। राईको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै बुधबार भेटिएको हो।

फागुन १८ गतेदेखि हराइरहेको रमिलाको शव फेला परेपछि ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी टोलीसहित रमिलाका आफन्त कोशी व्यारेजमा पुगेका छन् । रमिलाको शवको उनको परिवारले पहिचान गरिसकेको छ ।

बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा उनको शव फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको छ । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ ।

एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै पे्रमी भनिएका योगेन्द्र गुरुङले गरेको स्वीकारेका थिए ।

रमिला फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो । तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङ रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती भने काठमाडौं बस्दै आएकी छन्

उनकै बयानको क्रममा रमिलाको हत्या गरि कोशी व्यारेजमा फालेको प्रहरीलाई दिएपछि त्यहाँ खोजी गर्नेक्रममा रमिलाको शव फेला परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.