काठमाडौं, माघ १० : अमेरिकी सोसलाइट किम कार्दसियनकी भारतीय संस्करण मानिने बलिउड एक्ट्रेस गिजेल ठकरालका हट एन्ड बोल्ड तस्बिर यतिबेला सर्वाधिक चर्चामा छन्।
रियालिटी टिभी सो ‘बिग बोस ९’ मा सहभागी हुँदा पनि उनले आफ्ना ग्ल्यामरस तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेर नै चर्चित भएकी थिइन्।
बलिउडको ‘मस्तीजादे’ फिल्ममा पनि आफ्नो सौन्दर्य प्रदर्शन गरिसकेकी उनी फेरि पछिल्ला तस्बिरले चर्चामा छाएकी छन्। उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेका तस्बिरमध्ये कुनैमा उनी गोल्डन गाउनमा बबाल देखिएकी छन् भने ह्वाइट रिभिलिङ टप र ब्ल्यु जिन्समा अत्यधिक हट देखिएकी छन्।
त्यस्तै कुनैमा भने उनको चिल्लो कर्भी बडीबाट पोसाक नै चिप्लँदै गरेको देखिन्छ। ३० भन्दा बढी हट एन्ड सेक्सी तस्बिर अपलोड गरेकी उनले केही समयअघि अपलोड गरेको टपलेस तस्बिरले तहल्का नै मच्चाएको थियो।