काठमाडौंमा गोली चल्यो, एक प्रकाउ

रिपोर्ट नेपाल | 2019 Sep 13 | 05:57 pm 940

काठमाडौँ, भदाै २७ : प्रहरीले गुण्डागर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकमाथि गोली प्रहार गरेको छ । प्रहरीको गोलीबाट घाइते भएका साजनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँमा साजनलाई प्रहरीले घेरेर नियन्त्रणमा लिन खोजेको थियो । तर, साजनले प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनीमाथि गोली चलाएको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार साजनको खुट्टामा दुई गोली लागेको छ । साजनलाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्न खोजी गर्दै आएको थियो ।

धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।

साजनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरी जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.