कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 28 | 04:02 pm 2568

बारा, पुस १३  : कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर–६ का महेन्द्र साह कानु रहेका छन् । उनले सोही गाउँपालिका वडा नम्बर–६ बस्ने नागेन्द्र प्रसाद जैसवाललाई मारेको अभियोगमा मुद्दा दायर भएको थियो ।

बारा जिल्ला अदालतले २०७० चैत्र १९ गतेको फैसलाले उनलाई २० वर्ष कैद ठहर गरेको थियो । साह फैसला पश्चात् फरार रहेका रहेका थिए ।

अभियुक्त महेन्द्र साह कानुलाई खोजतलाशको क्रममा २०७५ पुस १२ गते ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी अदालतमा बुझाइएको र कैद भुक्तानको लागी कारागार कार्यालय वीरगंज पठाईएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.