रौतहट, फागुन १: जिल्लाको गौर नगरपालिका ८ स्थित सवगडाबाट बिहीबार एपीएफ टोलीले करीव एक लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
टोलीले लत्ताकपडा ल्याउन प्रयोग भएको एक थान मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।
यसैगरी रौतहट जिल्लाकै गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट एपीएफ टोलीले बिहीबार चोरीपैठारीको टायल १४ कार्टुन, आईसक्रिम कोन ३ कार्टुन तथा ५ किलो आईसक्रिम बनाउने केमिकल बरामद गरेको छ ।
भारतबाट अवैध रुपले मोटरसाईकल तथा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
टोलीले उक्त सामान ल्याउन प्रयोग भएको एक÷एक थान मोटरसाईकल र साईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान, मोटरसाईकल र साईकल गौर भन्सार कार्यालयमा बुझाएको छ ।