उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

रिपोर्ट नेपाल | 2026 Apr 13 | 03:11 pm 581

चैत ३० काठमाडौँ / प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।

यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् ।
उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.