इजरायलबाट सकुसल फर्के २५४ जना नेपाली

| 2023 Oct 13 | 07:52 am 2549

काठमाडाैं, असोज २६ ।  सरकारले २५४ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ।

बिहीवार नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट उनीहरूलाई काठमाडौं फर्काइएको हो। उनीहरू राति साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिटय विमानस्थलमा गरेका छन्।

द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिवार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए।

हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन्।

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ गएको थियो। (नागरिक दैनिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.