आलमलाई थुनामा राख्न ८ दिनको म्याद थप

रिपोर्ट नेपाल | 2019 Oct 25 | 12:11 pm 1787

रौतहट, कात्तिक ८: राजपुरमा भएको बम बिस्फोटको घटनामा घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत गौरले थप अनुसन्धानको लागि (आज) शुक्रबार ८ दिनको म्याद थपेको छ । उनलाई म्याद थपेको यो तेस्रो पटक हो ।

छानबिन गर्न प्रहरीले म्याद थपका लागि जिल्ला अदालत रौतहटमा पेश गरेको थियो। रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको अदालतका श्रेष्तेदार गुणराज पराजुलीले जानकारी दिए।

गत असोज २६ गते पक्राउ परेका आलमलाई प्रहरीले घटनाका प्रत्यक्षदर्शीसहित जोडिएकाहरुसित सोधपुछ गरेको छ। घटनामा सरुअठाका तृलोकप्रताप सिंह र ओसी अख्तरलाई जिउँदै जलाएर मारेको भन्दै आलममाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.