आजदेखि काठमाडौंको धुलो पाँच ब्रुमरले चट्

| 2019 Mar 26 | 12:00 pm 1580

काठमाडौं, चैत्र १२ : स्वच्छ वातावरण तथा सडक सफा गरी सभ्यता निर्माणका निम्ति काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । गत साता इटालीबाट काठमाडौं ल्याइएका सफा गर्ने यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घाट्न गर्न लागेका छन् । उक्त इटालियन ब्रुमर गत असारमा गरिएको बोलपत्रको आधारमा ल्याइएको हो ।

करिब लागत ११ करोड खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्ने नगरपालिकाले जनाएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छन् ।

ती सफा गर्ने यन्त्रलाई कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबार, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भद्रकाली लगायतका क्षेत्रका सडकमा प्रयोग गरिनेछ तयारी रहेको छ ।

ल्याइएका ती नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता रहेको छ । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.