अवैध लागूऔषध गाँजासहित एक महिला पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 02 | 08:59 am 2166

  • महेश सिंह महतो

सिरहा, साउन १७: प्रतिबन्धित लागूऔषध गाँजासहित एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा गोलबजार नगरपालिका १२ कि ४२ वर्षीया सिया कुमारी महतो रहेका छन् ।

उनलाई अवैध लागूऔषध गाँजा १ केजि ५ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक नविन कुमार घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले महतोको घरमा खोज तलास गर्दा निजले लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

उक्त गाँजालाई कागजको पोकामा ३७ थान, प्लाष्टिकको झोला २ थानमा राखेको जम्मा १ केजि ५ सय ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया घरबाट बरामद भएको प्रहरीले जानकारी दिए ।

पक्राउ परेकी महतोलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिलराज वोहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.