अवैध घरेलु मदिरा भट्टी नष्ट

रिपोर्ट नेपाल | 2019 Oct 23 | 07:59 pm 2222

बारा, कात्तिक ६: अवैध रुपमा संचालन गरिएको घरेलु मदिरा भट्टी प्रहरीद्वारा नष्ट गरिएको छ । बुधबार ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सिहोर्वा समेतबाट खटिएको प्रहरी टोलीले सर्च अभियान संचालन गरेको हो ।

उक्त अभियान बारा सिम्रौनगढ नगरपालिका वार्ड नम्बर २ अमृतगंज, वडा नम्बर ११ भगवानपुर, वडा नम्बर ९ बसवरिया टोल र कोल्हबी नगरपालिका वडा नम्बर ८ बेल्वा टोलमा गरिएको प्रहरीले जानकारी दिए ।

अभियानबाट अवैध मदिरा भट्टी ८ वटा, कच्चा पदार्थ १ हजार ६ सय लिटर र तयारी मदिरा ४० लिटर नष्ट गरिएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.