काठमाडौं, असोज ९: ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ६ र ७ स्थित विभिन्न व्यक्तिहरुले अवैध रुपमा संचालन गरिएको भट्टी नष्ट गरेको छ । बिहीबार त्यस स्थानमा संचालित भट्टी ७ वटा, अन्दाजी २ हजार ४ सय लिटर कच्चा पदार्थ र ५० लिटर तयारी मदिरा नष्ट गरिएको हो।
त्यस्तै ईलाका प्रहरी कार्यालय कवहीगोठ बारा र अस्थाई प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा सुवर्ण गाउँपालिका वडा नं ४ हर्दिया टोलमा अबैध रुपमा संचालन गरिएको भट्टी ३ वटा, करिब २ सय लिटर कच्चा पदार्थ र १५ लिटर तयारी मदिरा नष्ट गरिएको छ ।