अन्‍जानको ‘इन्काउन्टर’ घोषणा

रिपोर्ट नेपाल | 2018 Nov 05 | 12:23 pm 1570

काठमाडौं, कार्तिक १९ : लेखक तथा निर्देशक एनबी अञ्जानले चलचित्र ‘इन्काउन्टर’ निर्माण गर्ने घोषणा गरेका छन्।

लतिलपुरको एकान्तकुनास्थित एउटा रेकर्डिङ स्टुडियोमा चलचित्रको पहिलो गीतको रेकर्डिङ थालनी गर्दै अञ्जानले देशको समसामयिक विषयमा आधारित चलचित्र निर्माण गर्न लागेको बताए।

उक्त चलचित्रमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेशजंग खड्का, फुर्वा दोर्जे तामाङ, राधिका घिमिरे, सावित्रा तामाङ, दीपक क्षेत्री, सुशिल पोखरेल आदि कलाकारले अभिनय गर्दैछन्।

चलचित्रको निर्माण घोषणाका क्रममा गायिका मीना निरौलाको स्वरमा चलचित्रको आइटम गीतको रेकर्ड सम्पन्न गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.