७४ हजारभन्दा बढीले दिए ईपीएस परीक्षा, दुई सय ४७ नक्कली परीक्षार्थी

रिपोर्ट नेपाल | 2018 Jun 12 | 04:58 pm 3600

काठमाडौं, २९ जेठ : रोजगार अनुमति प्रणाली (ईपीएस)को नवौं कोरियन भाषा परीक्षामा आवेदन दिएका मध्ये ९० प्रतिशतले परीक्षा दिएका छन् ।

शनिबार र आइतबार भएको ईपीएसको परीक्षामा ७४ हजार आठ सय ६० जना विद्यार्थी सहभागी भएको नेपाल इपीएस सेन्टरले जनाएको छ। ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए।

भाषा परीक्षाका लागि शाखाले गत चैत ८ देखि १८ गतेसम्म अनलाइन आवेदन लिएको थियो। ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए। आवेदन फारम भरेका मध्ये सात हजार तीन सय ७५ जना परीक्षामा सहभागी भएन । कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए।

नेपाल र कोरियाबीच सन् २००७ मा दुई पक्षीय श्रम सम्झौता भएको थियो। सम्झौतापछि अहिलेसम्म कोरियन भाषा परीक्षामा पाँच लाखभन्दा बढी सहभागी भइसकेका छन्।

७१ सयको कोटा

सन् २०१९ मा कोरियाको रोजगारीमा ७१ सय युवा जान पाउनेछन्। यसमा कृषि काममा लागि ४८ सय र उत्पादनमूलक क्षेत्रका लागि २३ जनाको कोटा तय भएको छ। भाषा परीक्षामा उत्तीर्ण भएका सबैले कोरिया जान पाउने निश्चित नभएको भण्डारी बताउँछन्। नवौ भाषा परीक्षामा सहभागी भइ उत्तीर्ण भएका परीक्षार्थीले सबै प्रक्रिया पूरा गरी सन् २०१९ को जनवरीदेखि कोरिया जाने पाउने उनको भनाइ छ।

दुई सय ४७ नक्कली परीक्षार्थी

नवौै कारियान भाषा परीक्षामा सहभागी दुई सय ४७ नक्कली परीक्षार्थीलाई प्रहरी तथा कोरियन प्रतिनिधि र शाखाका कर्मचारीले पक्राउ गरेका छन्। पहिलो दिन शनिबारको परीक्षामा ५८ जना पक्राउ परेको थिए। यसैगरी दोस्रो दिन आइतबारको परीक्षामा एक सय ८९ नक्कली परीक्षार्थी पक्राउ परेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.