सिंगापुर, जेठ २९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित पहिलो वान-अन-वान वार्ता सकिएको छ ।
सिंगापुरमा केहीबेरअघि सकिएको वार्ता ४८ मिनेटसम्म चलेको थियो । वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प पहिले बाहिर निस्किएका थिए । लगत्तै किम पनि बाहिरिए ।
ऐतिहासिक वार्तापछि दुवै नेताले पहिलो वार्ता फलदायी भएको प्रतिकृया दिए । राष्ट्रपति ट्रम्पले किमसँगको सम्बन्ध आगामी दिनमा पनि सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे । पुराना मतभेदलार्इ भुलेर आफूहरू अगाडि बढिसकेका बताउदै ट्रम्पले भने, ‘हामी सफल भएका छौं । दुर्इ देशबीच नयाँ शिराबाट सम्बन्ध स्थापति भएको छ ।’
त्यसैगरी किमले बाधालार्इ चिर्दै शिखर वार्ता सम्भव भएको प्रतिकृया दिए । उनले भने,‘हाम्राबीचमा थुप्रै असमझदारीहरू थिए । कयौँ बाधा थिए । ती सबैलार्इ चिर्दै हामीले वार्ता सफल पारेका छौं । उनले भने, ‘यसलार्इ मैले ऐतिहासिक मानेकाे छु । धेरै नै राम्रो काम भएको छ ।’
दुर्इ नेताबीचको ‘वान-अन-वान’ वार्तामा दोभासेलार्इ मात्र प्रवेश अनुमति थियो ।
विश्लेषकहरूले यो वार्तालार्इ थुप्रै कारणले ऐतिहासिक भनेका छन् ।
वार्तापछि उत्तर कोरियाली प्रतिनिधिमण्डल आजै प्योङयाङ फर्कने कार्यक्रम छ । ट्रम्प पनि आजै अपराह्न अमेरिका फर्कने कार्यक्रम छ।