सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने तयारी

| 2024 Mar 15 | 01:45 pm 509

काठमाण्डौ ०२ चैत / सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी गरेको छ ।

सुन तस्करीमा संलग्नलाई जोगाएको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको सिफारिसका आधारमा बज्राचालाई कारवाही गर्न लागिएको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको समितिले महरालाई सुन तस्करीमा संलग्न रहेको भए पनि सिआइबीको छानबिनले उन्मुक्ति दिएको ठहरसहितको प्रतिवेदन बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो । सोही प्रतिबेदन गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार पुगेर हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्रीलगायतले यसबारे छलफल गरी महरामाथि कारवाही प्रकृया अगाडि बढाउने र बज्राचार्यलाई हटाउने तयारी गरेको स्रोतले जनाकारी दिएको छ ।

आयोगले पूर्वसभामुख एवं सत्तारूढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लगायत ६८ जनालाई कारवाहीको सिफारिस गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.