सहकारी विभागकाे रजिस्टारमा नयाँ नेतृत्व

| 2023 Dec 12 | 01:40 pm 437

काठमाडौँ, मंसिर २६ / काठमाडौँ संघीय सहकारी विभागको रजिस्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् । यस अघिका रजिष्ट्रार नमराज घिमिरेको सरुवासँगै उनलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको हो । घिमिरे यस अघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए ।

निजामती सेवामा २५ वर्ष बिताएका घिमिरेले त्यस अवधिमा विभिन्न सरकारी निकायहरूमा रहेर काम गरिसकेका छन् । उनी भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक भइसकेका छन् भने विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर अनुभव हासिल गरेका छन् । घिमिरेलाई मङ्सिर २५ गतेदेखि सहकारी विभागको रजिस्ट्रारको जिम्मेवारी दिइएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.