काठमाडौं मंसिर ३/ चन्द्रागिरी नगरपालिकामा आफ्नो मुख्य कार्यालय रहेको पुण्याेदय बहुउद्देश्यीय सहकारी संस्थाले निर्देशक तथा कलाकार विनाेद केसी र कार्यक्रम प्रस्ताेता एवं गायिका मन्जु पाैडेललाई सम्मान गरेको छ।संस्थाकाे साताै वार्षिक साधारण सभाको अवसर पारेर केसी र पाैडेललाई सम्मान गरिएको हाे।सहकारीका अध्यक्ष सानुकाजी खड्कीकाे अध्यक्षतामा बसेकाे बैठकले उनिहरूलाई सम्मान गर्ने निर्णय गरेको थियोे ।कलाकारिताकाे माध्यमबाट मुलुकको कला र संस्कृतिको संरक्षण गरेको भन्दै कलाकार द्धयलाई सम्मान गरिएको थियोे ।उनिहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेलले प्रशंसा पत्र र दाेसल्ला ओढाएर सम्मान गरेका थिए।सहकारी संस्था डुवेर भागाभाग गरिरहेका समयमा पुण्याेदय सहकारीले भने विभिन्न विधाका व्यक्तित्वलाई सम्मान गर्नुका साथै शेयरधनीलाई खुशी बनाउनुलाई यसकाे नेतृत्व र संचालककाे इमान्दारीताले सफल भएको अनुमान गरिएको छ।