सरकारले समाजवादी शिक्षाको मजाक बनायो: रायमाझी

रिपोर्ट नेपाल | 2018 Jun 01 | 03:03 am 1561

काठमाडौं, जेठ १८: अखिल (क्रान्तिकारी) अध्यक्ष आलोक रायमाझीले बर्तमान सरकारले समाजवादी शिक्षाको मजाक बनाएको आरोप लगाएका छन् । बिहीबार प्रज्ञा भबन कमलादीमा सयुक्त प्रतिपक्षी विद्यार्थीको अन्तरक्रिया र आन्दोलन घोषणा कार्यक्रम बोल्दै रायमाझीले शिक्षा र स्वास्थ्यजस्तो गम्भिर विषयमा सरकारले खेलाँची गरेको बताएका हुन् ।

उनले जस्तोसुकै परिस्थितिमा पनि शिक्षा र स्वास्थलाई निशुल्क र सर्वसुलभ बनाएरै छाडिने उदघोष गरे ।

त्यसै गरि बिप्लब निकट क्रान्तिकारी का अध्यक्ष चिरञ्जीवी ढकालले शिक्षा क्षेत्रमा भएको बदमासी नरोकिए कडा आन्दोलन गर्ने बताए । नयाँ शक्ति विद्यार्थी अध्यक्ष श्याम बाबू गौतमले शिक्षाको व्यापार रोक्नु पर्ने उल्लेख गरे । सो कार्यक्रममा शिक्षाविध प्रा. डा बिद्या नाथ कोइराला, शिक्षा मन्त्रालयका सह सचिव डा हरि अधिकारी, प्याब्सन महासचिव राजेन्द्र बानियाँ लगाएतले बिषय राखेका थिए ।

संयुक्त विद्यार्थी आन्दोलन समितिले यहीँ २१ गते आम शैक्षिक हडतालको घोषणा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.