सचिव राउत थुनामुक्त भए पनि देश बाहिर जान नपाउने

| 2023 Jul 21 | 05:19 pm 7165

काठमाडौं, साउन ५ । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङ, मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार बस्नेतलाई सर्वोच्च अदालतले थुनामा राख्न आदेश दिए पनि संचार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

राउतका तर्फबाट उनको परिवार न्यायका लागि बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्चको ढोका ढकढकाउन गएक थिए । परिवारद्धारा दर्ता गरिएको रिटका विषयमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गनुृपर्ने आधार, कारण र औचित्य नदेखिएको जनाएका छन् ।

फैसलामा राउतलाई मुद्दा छिनोफानो नभएसम्म देश बाहिर जान नपाउने गरी मुुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको हो ।

परमादेशको पूर्णपाठः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.